Kath khabar
नेप्सेमा ११ अंकले गिरावट, सबै सूचक रातै



                 काठमाडौं, कात्तिक २३ । नेप्से ११ अंकले घटेको छ । अघिल्लो झिनो अंकले बढेको नेप्से आज बिहीबार ११ दशमलव ८५ अंकले घटेर १८ सय ५२ दशमलव शून्य आठ अंकमा सीमित भएको छ । सेन्सिटिभ एक दशमलव ३६ अंकले घटेर तीन सय ५७ दशमलव शून्य चार अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ८२ वटा कम्पनीहरुको २७ हजार आठ सय ४५ पटकको कारोबारमा २८ लाख ८३ हजार सात सय ३१ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम ८३ करोड ६० लाख पाँच हजार छ सय ५६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सयपत्री हाइड्रो पावर कम्पनीको शेयर मूल्य बढेको छ भने माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्य घटेको छ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने आज सबै भन्दा बढी रकम कारोबार भएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २३, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update