जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो
काठमाडौं, मंसिर ३ । चार देशीय महिला टी–ट्वान्टी सिरिजमा नेपाल तेस्रो बनेको छ। आज भएको खेलमा नेपालले जापानलाई ४५ रनले पराजित गरेको हो।
हङकङ क्रिकेट क्लबको मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो।
नेपालका लागि पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ तथा कप्तान इन्दू बर्माले १२ रन बनाइन् । जापानकी अहिल्या चन्डल, एरिका तोगुची र आयुमी फुजिकावाले १–१ विकेट लिए।
नेपाल र जापानसहित आयोजक हङकङ र तान्जानिया सहभागी भएको सिरिजको सुरुवातका दुवै खेलमा नेपाल पराजित भएको थियो। यसअघि समूह चरणको अन्तिम खेलमा शनिबार नेपालले जापानलाई ६७ रनले पराजित गरेको थियो।
प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८० १०:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय

