Kath khabar
झण्डै दुई अंकले बढ्यो नेप्से, नौ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए



                      काठमाडौं, मंसिर ४ । नेप्से झण्डै दुई अंकले बढेको छ । चाडपर्वको लामो बिदापछि आज सोमबार खुलेको नेप्से एक दशमलव ३९ अंकले बढेर एक हजार आठ सय ५३ दशमलव ४९ अंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव शून्य ५० अंकले घटेर तीन सय ५६ दशमलव ५४ अंकमा खुम्चिएको छ ।

नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरुको ४४ हजार सात सय २७ पटकको कारोबारमा ३३ लाख १९ हजार पाँच सय ५८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब नौ करोड ९३ लाख १८ हजार २९ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा निर्जीवन बीमा, लगानी, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका नौ वटा समुहहरुको सूचक बढेका छन् भने होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त र अन्य सहितका चार वटा समुहहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, कर्णाली डेभलपमेन्ट बैंक, साहस ऊर्जा लिमिटेड, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने फरवार्ड कम्युनिटी माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, सोल्टी होटल लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ४, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update