Kath khabar
नेप्से घटेर रातै, २३ अंकले घट्दा ९५ करोडको शेयर किनबेच


                      काठमाडौं, मंसिर ५ । नेप्से घटेर रातै भएको छ । अघिल्लो दिन बढेको नेप्से आज मंगलबार २३ दशमलव ८२ अंकले घटेर १८ सय २९ दशमलव ६५ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दशमलव ४८ अंकले घटेर तीन सय ५२ दशमलव शून्य पाँच अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ८५ वटा कम्पनीहरुको ३७ हजार छ सय सात पटकको कारोबारमा ३६ लाख ७५ हजार एक सय एक कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम ९५ करोड चार लाख ७९ हजार पाँच सय ८३ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका १२ वटा समुहहरुको सूचक घटेर रातै भएका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मेन्छियाम हाइड्रोपावर लिमिटेड, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आदिको शेयर मुल्य बढेका छन् भने माथिल्लो मैलुङ खोल जलविद्युत लिमिटेड, बाराही हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन डिस्ट्रिलरी प्रालि, लिबर्टी इनर्जी कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update