Kath khabar
नेप्सेमा २० अंकको वृद्धि, सामूहिक लगानी कोष बाहेक सबै सूचक हरियो



                  काठमाडौं, मंसिर ६ । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार २० दशमलव ५७ अंकले बढेर १८ सय ५० दशमलव ३३ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव १५ अंकले बढेर तीन सय ५४ दशमलव २१ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ९४ वटा कम्पनीहरुको ४३ हजार पाँच सय ८३ पटकको कारोबारमा ४२ लाख १३ हजार दुई सय ८५ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम एक अर्ब आठ करोड ७० लाख ९८ हजार चार सय ९५ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सामूहिक लगानी कोष समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य ट्रेडिङ सहितका १२ वटा समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, धौलागिरी लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा सयपत्री हाइड्रो पावर लिमिटेड, मेन्छियाम हाइड्रोपावर लिमिटेड आदि परेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्
Weather Update