Kath khabar
झण्डै १० अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै



                       काठमाडौं, मंसिर ७ । नेप्सेमा सुधार आएको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से नौं दशमलव ८७ अंकले बढेर एक हजार आठ सय ६० दशमलव २० अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ७६ अंंकले बढेर तीन सय ५६ दशमलव ९८ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज दुई सय ९२ वटा कम्पनीहरुको ४८ हजार चार सय ९३ पटकको कारोबारमा ४४ लाख २० हजार पाँच सय १८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक, लघुवित्त र अन्य समुहको सूचक घटेका छन् भने विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, सामूहिक लगानी कोष, उत्पादनमूलक ट्रेडिङ समुहहरुको सूचक बढेका छन् ।

 कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुद्धभूमि हाइड्रोपावर कम्पनी नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नबिल बैंक, पिपुल्स हाईड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नबिल बैंक, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update