Kath khabar
नेप्सेमा हरियाली, एकै दिन ४७ अंकले बढ्यो नेप्से



                   काठमाडौं, मंसिर १० । नेप्सेमा हरियाली देखिएको छ । आज आइतबार नेप्से ४७ दशमलव ७५ अंकले बढेर १९ सय सात दशमलव ९५ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि सात दशमलव ८३ अंकले बढेर तीन सय ६४ दशमलव ८१ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ९४ वटा कम्पनीहरुको ६६ हजार पाँच सय १६ पटकको कारोबारमा ६५ लाख ३० हजार छ सय ४३ कित्ता शेयर किनबेच भएकाछन् । सो अनुसार कुल कारोबार रकम दुई अर्ब एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर भएका छन् । ति मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज छ्याङदी हाइड्रोपावर कम्पनी, शिवश्री हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने आशा लघुवित्त वित्तीय संस्था, बिन्धवासिनी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update