Kath khabar
दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप


                    काठमाडौं, मंसिर ११ । दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच काठमाडौंको गौशालामा झडप भएको छ । प्रदर्शनकारीहरूले सोमबार गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन शुरू गरेपछि झडपको स्थिति सिर्जना भएको हो ।

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान अन्तर्गत ५ दिनदेखि आन्दोलनमा लागेका प्रसाईं समर्थकले आज साधुसन्त, पण्डित तथा धर्मगुरुहरूको ऐकबद्धतामा गौशालामा प्रदर्शन गरेका थिए । व्यवस्था परिवर्तन गर्ने भन्दै मंसिर ७ गतेदेखि दुर्गा प्रसाईं समर्थकहरुले काठमाडौंमा प्रदर्शन गरिरहेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update