Kath khabar
नेप्से उच्च अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै


                     काठमाडौं, मंसिर ११ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार उच्च अंकले घटेको छ ।

नेप्से आज ११ दशमलव २७ अंकले घटेर १८ सय ९६ दशमलव ६७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ दुई दशमलव १२ अंकले घटेर तीन सय ६२ दशमलव ६९ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज दुई सय ९० वटा कम्पनीहरुको ५२ हजार चार सय ८० पटकको कारोबारमा ६० लाख १७ हजार तीन सय ९७ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल एक अर्ब ७५ करोड ४७ लाख ५० हजार सात सय ५५ रुपैंयाँको शेयर कारोबार भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा होटल तथा पर्यटन, लगानी, सामूहिक लगानी कोष र ट्रेडिङ सहितका चार वटा समुहहरुको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र अन्य सहितका नौ वटा समुहहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज अपर स्याङगे हाइड्रोपावर लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्था, रावा इनर्जी डेभलपमेन्ट लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, हिमालयन लघुवित्त वित्तीय संस्था, बिन्धवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेको छ ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी, सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आदि परेका छन् ।  

 

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update