Kath khabar
दुई अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने धेरै


                       काठमाडौं, मंसिर १२ । नेप्से घटेको छ । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से दुई दशमलव १७ अंकले घटेर १८ सय ९४ दशमलव ५३ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ शून्य दशमलव ८६ अंकले घटेर तीन सय ६१ दशमलव ८५ अंकमा सीमित भएको छ । नेप्सेमा आज दुई सय ९० वटा कम्पनीहरुको ४७ हजार तीन सय ३३ पटकको कारोबारमा ४७ लाख २७ हजार नौं सय दुई कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम एक अर्ब २८ करोड दुई लाख २८ हजार नौं सय ७१ रुपैयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा फाइनान्स, जलविद्युत, होटल तथा पर्यटन, उत्पादनमूलकसामूहिक लगानी कोष समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, लगानी, लघुवित्त, अन्य र ट्रेडिङ सहितका आठ वटा समुहहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी, हिमालयन लघुवित्त वित्तीय संस्था, मकर जितुमाया सुरी हाइड्रो पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नारायणी डेभलपमेन्ट बैंक, सिद्धार्थ लगानी वृद्धि योजना २, अभियान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने नेशनल लघुवित्त वित्तीय संस्था, मेन्छियमा हाइड्रोपावर कम्पनी आदि परेका छन् । 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update