Kath khabar
झण्डै १८ अंकले घट्यो नेप्से

 
                        काठमाडौं, मंसिर १३ । नेप्से घटेको छ । आज बुधबार निर्धारित समय भन्दै २४ मिनेट ढिलो खुलेर २४ मिनेट ढिलो बन्द भएको नेप्से १७ दशमलव ९३ अंकले घटेर १८ सय ७६ दशमलव ६० अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ दुई दशमलव ९६ अंकले घटेर तीन सय ५८ दशमलव ८९ अंकमा सीमित भएको छ ।

नेप्सेमा दुई सय ८५ वटा कम्पनीहरुको २९ हजार आठ सय ८३ पटकको कारोबारमा ३३ लाख ५९ हजार छ सय एक कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब एक करोड ४१ लाख ९५ हजार पाँच सय ७५ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा अन्य समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक पनि उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज विजय लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचुअल फण्ड १, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य बढेका छन् भने बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, अभियान लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, एनआईसी एशिया बैंकको ऋणपत्र, मुक्तिनाथ विकास बैंकको संस्थापक शेयर आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update