Kath khabar
नेप्सेमा उच्च गिरावट, सामूहिक लगानी कोष बाहेक सबै समुहको सूचक रातै


                          काठमाडौं, मंसिर १४ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से उच्च अंकले घटेको छ । नेप्से आज १८ दशमलव शून्य छ अंकले घटेर १८ सय ५८ दशमलव ५३ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स दुई दशमलव ८० अंकले घटेर तीन सय ५६ दशमलव शून्य आठ अंकमा सीमित भएको छ । नेप्सेमा दुई सय ८९ वटा कम्पनीहरुको ३७ हजार ३१ पटकको कारोबारमा ४५ लाख ९५ हजार पाँच सय ५३ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम एक अर्ब ३२ करोड ३५ लाख १९ हजार तीन सय ५७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा सामूहिक लगानी कोष समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सूचक घटेर रातै भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज रुरु जलविद्युत परियोजना लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिलिभर नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन भने विजय लघुवित्त वित्तीय संस्था, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेड, मकर जितुमाया सुरी हाइड्रो पावर लिमिटेडको आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी रकम कारोबारका आधारमा भने नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लिमिटेड लगायतका कम्पनीहरु अगाडि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update