Kath khabar
१२ अंकले बढ्यो नेप्से 



                काठमाडौं, मंसिर २१ ।  नेप्से बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज बिहिबार ११.७३ अंकले बढेर १८ सय ५२.७७ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि १.५८ अंकले बढेर ३५२.२८ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज २९९ पटकको कारोबारमा ५३ हजार १४६ पटकको कारोबारमा ९६ लाख ५ हजार ६ सय ८ कित्ता सेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम २ अर्ब ७९ करोड ९१ लाख ४६ हजार ४३३ रुपैंयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएको मध्ये ट्रेडिङ समुहको सुचक घटेको छ भने बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादन मुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज त्रिशुली जलबिद्युत कम्पनी लिमिटेड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदिको सेयर मुल्य बढेका छन् भने ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्था, विजय लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाईड्रो पावर कम्पनी लिमिटेड आदिको सेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, माउन्टेन इर्नर्जी नेपाल लिमिटेड आदि परेका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update