Kath khabar
नेप्सेमा करेक्सन : सूचक घट्यो, कारोबार रकम बढ्यो


                    काठमाडौं, मंसिर २५ । नेप्सेमा करेक्सन देखिएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो दिन आज सोमबार भने उच्च अंकले घटेको छ ।

नेप्से आज १५ दशमलव ४० अंकले घटेर १९ सय ४८ दशमलव ५७ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ३३ अंकले घटेर तीन सय ६९ दशमलव ४१ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख नौ हजार नौं सय १८ पटकको कारोबारमा एक करोड ४६ लाख ९८ हजार पाँच सय १७ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ८४ करोड २७ लाख ७४ हजार तीन सय ८६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा नौ वटा समुहले गुमाएका छन् भने चार वटा समुहले कमाएका छन् । जसमध्ये वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, अन्य ट्रेडिङ समुहको सूचक घटेका छन् भने निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समुहको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये बोटलर्स नेपाल (तराई) लिमिटेड, वीन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने समता घरेलु लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update