Kath khabar
नेप्सेमा पुरै हरियाली


                            काठमाडौं, मंसिर २६ । नेप्सेमा पुरै हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज मंगलबार ३६ दशमलव ८६ अंकले बढेर १९ सय ८५ दशमलव ४४ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ पनि चार दशमलव ९४ अंकले बढेर तीन सय ७४ दशमलव ३६ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय ९७ वटा कम्पनीहरूको ९५ हजार चार सय ३३ पटकको कारोबारमा एक करोड २४ लाख ६३ हजार एक सय ६८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम चार अर्ब ३० करोड ९० लाख १९ हजार एक सय ९६ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोर्टलस नेपाल (बालाजु) लिमिटेड, बिन्धवासिनी हाइड्रोपावर कम्पनी लिमिटेड, दोल्ती पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था, सिंगटी हाइड्रो इनर्जी नेपाल लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २६, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update