Kath khabar
नेप्सेमा झण्डै तीन अंकले वृद्धि


                      काठमाडौं, मंसिर २७ । नेप्सेमा सामान्य अंकले सुधार आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको चौंथो दिन आज बुधबार पनि दुई दशमलव ५० अंकले बढेर १९ सय ८८ दशमलव चार अंकमा चढेको छ ।

सेन्सिटिभ पनि शून्य दशमलव ९३ अंकले बढेर तीन सय ७५ दशमलव ३० अंकमा चढेको छ । दुई सय ९२ वटा कम्पनीहरुको ८१ हजार चार सय ५१ पटकको कारोबारमा एक करोड २० लाख ९५ हजार पाँच सय ३९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ९० करोड ९१ लाख ९८ हजार पाँच सय ७० रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सूचक घटेपनि बाँकी समुहहरुको सूचक भने बढेका छन् । ति मध्ये वाणिज्य बैंक, जलविद्युत, विकास बैंक, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेका छन्  भने जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन र ट्रेडिङ समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटर्लस नेपाल (बालाजु) लिमिटेड, घलेम्दी हाइड्रो लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड, इर्मजिङ नेपाल लिमिटेड, प्रभु स्मार्ट फण्ड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, अरुण कावेली पावर लिमिटेड, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update