Kath khabar
नेप्सेमा छ अंकको वृद्धि, कारोबार रकम तीन अर्ब १५ करोड


                    काठमाडौं, मंसिर २८ । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्स बढेको छ । नेप्से आज छ दशमलव ५५ अंकले बढेर १९ सय ९४ दशमलव ६० अंकमा चढेको छ ।

सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शून्य छ अंकले बढेर तीन सय ७६ दशमलव ३५ अंकमा चढेको छ । तीन सय वटा कम्पनीहरुको ६६ हजार नौं सय ५५ पटकको कारोबारमा ९६ लाख ३७ हजार चार सय ५५ कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम तीन अर्ब १५ करोड   १६ लाख ३५ हजार सात सय ५० रुपैयाँ कायम भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक, जीवन बीमा, लगानी, लघुवित्त र ट्रेडिङ समुहको सूचक घटेका छन् भने विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समुहको सूचक पनि बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोर्टलस नेपाल (बालाजु) लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल रिपब्लिक मिडिया लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने गुराँस लघुवित्त वित्तीय संस्था, कालिका लघुवित्त वित्तीय संस्था, मुलुङ हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८०  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update