Kath khabar
नेप्सेमा उछाल, २७ अंकले बढ्दा पाँच अर्ब १५ करोडको कारोबार



                    काठमाडौं, पुस १ । नेप्सेमा उछाल देखिएको छ । साताको पहिलो कारोबार दिन आज आइतबार नैं नेप्से २७ दशमलव ७५ अंकले बढेर दुई हजार २२ दशमलव ३५ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ७० अंकले बढेर तीन सय ८१ दशमलव शून्य सात अंकमा पुग्न सफल भएको छ । 

नेप्सेमा आज दुई सय ९५ वटा कम्पनीहरुको एक लाख एक हजार एक सय २८ पटकको कारोबारमा एक करोड ७१ लाख ६६ हजार चार सय ६५ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार नौ सय ७९ रुपैयाँ कायम भएको छ । 

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक घटेका छन् भने विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र अन्य समुहको सूचक पनि बढेका छन् । 

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटर्लस नेपाल (बालाजु) लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, नेपाल रिपब्लिक मिडिया आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन लघुवित्त वित्तीय संस्था, मुलुङ हाइड्रो पावर लिमिटेड, हिमालयन लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी हिमाल दोलखा हाइड्रो पावर लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update