Kath khabar
नेप्सेमा नयाँ रेकर्ड, ३८ अंकको वृद्धि पश्चात छ अर्ब ८६ करोडको शेयर किनबेच



                      काठमाडौं, पुस २ । नेप्सेले नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार पनि ३८ दशमलव १४ अंकले बढेर दुई हजार ६० दशमलव ४९ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी सेन्सिटिभ नौं दशमलव ५६ अंकले बढेर तीन सय ९० दशमलव ६३ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको एक लाख १३ हजार छ सय ९३ पटकको कारोबारमा दुई करोड १४ लाख ९७ हजार छ सय १९ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा कुल कारोबार रकम छ अर्ब ८६ करोड ८१ लाख ७७ हजार पाँच सय ६३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर किनबेच हुँदा जलविद्युत समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहको सूचकहरू उच्च अंकले बढेको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्येमा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने हिमालयन पावर पार्टनर लिमिटेड, प्रभु सेलेक्ट फण्ड, अपर हेवाखोला हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् । हिमाल दोलखा हाइड्रोपावर कम्पनी, हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update