Kath khabar
नेप्सेमा हरियाली, ४५ अंकले बढ्दा झण्डै छ अर्बको शेयर किनबेच


       
                     काठमाडौं, पुस ३ । नेप्सेमा हरियाली छाएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज मंगलबार पुन ४५ दशमलव ९८ अंकले बढेर २१ सय छ दशमलव ४८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव शून्य पाँच अंकले बढेर तीन सय ९७ दशमलव ६९ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ९९ हजार छ सय ४१ पटकको कारोबारमा एक करोड ६४ लाख ५७ हजार एक सय ३८ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल पाँच अर्ब ९८ करोड ४६ लाख ९९ हजार एक सय ७५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ सहितका सबै समुहहरुको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड, बिपीडब्लु लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिद्धार्थ लगानी वृद्धि योजना २, मुलुङ हाइड्रो पावर लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । शिवम् सिमेन्ट, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update