Kath khabar
एकै दिन ३५ अंकले बढ्यो नेप्से, सात अर्बभन्दा बढीको शेयर किनबेच



                  काठमाडौं, पुस ४ । नेप्से उच्च अंकले बढेको छ । अघिल्लो दिन बढेको नेप्से आज बुधबार पनि ३५ दशमलव ३९ अंकले बढेर २१ सय ४१ दशमलव ८७ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव ९३ अंकले बढेर चार सय दुई दशमलव ६३ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको एक लाख ११ हजार सात सय २३ पटकको कारोबारमा एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये निर्जीवन बीमा र होटल तथा पर्यटन समुहको सूचक घटेका छन् भने वाणिज्य बैक, जलविद्युत, जीवन बीमा, विकास बैंक, फाइनान्स, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहको सूचक पनि बढेका छन् ।

नेप्सेमा आज बोर्टलस नेपाल (बालाजु) लिमिटेड, फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था, बिपीडब्लु लघुवित्त वित्तीय संस्था आदिको शेयर मुल्य बढेका छन् भने कुमारी धनबृद्धि योजना, मेगा म्युचुअल फण्ड १, मुलुङ हाइड्रोपावर कम्पनी आदिको शेयर मुल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update