Kath khabar
अघिल्लो दिन बढेको नेप्से आज ३२ अंकले घट्यो


                  काठमाडौं, पुस ५ । नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहिबार ३२ दशमलव ७७ अंकले घटेर २१ सय नौं दशमलव १० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ छ अंकले घटेर तीन सय ९६ दशमलव ६२ अंकमा झरेको छ ।

नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको एक लाख ११ हजार नौं सय ८० पटकको कारोबारमा एक करोड ७१ लाख ७२ हजार एक सय ४९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम छ अर्ब २७ करोड ४३ लाख २४ हजार आठ सय ११ रुपैंयाँ पुगेको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार हुँदा उत्पादनमूलक ट्रेडिङ समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटलर्स नेपाल (बालाजु) लिमिटेड, चिर्खाखोला हाइड्रोपावर कम्पनी, भिजन लुम्बिनी ऊर्जा कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी, तेह्रथुम पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

शिवम् सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हिमालयन डिस्ट्रिलरी प्रालि आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update