Kath khabar
कृषि बिकास बैंकको सञ्चालक समितीको सदस्यमा आचार्य नियुक्त

              

                         काठमाडौं, पुस ६ । कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा महेश आचार्य नियुक्त भएका छन् । सरकारको मन्त्रीस्तरीय निर्णयानुसार कृषि विकास बैंक बैंक संचालक समितिको संचालक सदस्यमा आचार्य मनोनयन हुनु भएको हो । 

नवनियुक्त संचालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालय, प्रशासन महाशाखाको प्रमुख पदमा कार्यरत रहनु भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियुक्त सञ्चालक सदस्य आचार्यलाई बैंक संचालक समिति बैठक नं.१०६७ का संचालक समिति अध्यक्ष राम शरण पुडासैनीले सपथ ग्रहण गराउनु भएको थियो । 

उक्त अवसरमा कृषि विकास बैंक लि.का संचालक सदस्यहरु डा. राजेन्द्र प्रसाद मिश्र, गोविन्द भट्टराई , संजिव पौडेल, विनोद कुमार गुरागाईँ, रिता सुवेदी कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग, बैंकका कम्पनी सचिव हिमलाल पौडेल समेतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update