Kath khabar
२१ अंकले घट्यो नेप्से, कारोबार रकम भने सात अर्ब नाघ्यो


                     काठमाडौं, पुस ८ । नेप्से उच्च अंकले घटेको छ । आज आईतबार नेप्से २१ दशमलव शून्य तीन अंकले घटेर दुई हजार ८८ दशमलव शून्य सात अंकमा सीमित भएको छ । सेन्सिटिभ पनि पाँच दशमलव २९ अंकले घटेर तीन सय ९१ दशमलव ३३ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको एक लाख २८ हजार तीन सय ५६ पटकको कारोबारमा एक करोड ८५ लाख ८९ हजार तीन सय ७९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम सात अर्ब ११ करोड १७ लाख ३३ हजार आठ सय २९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा र अन्य समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बोटर्लस नेपाल (बालाजु) लिमिटेड, चिर्खा खोला हाइड्रो पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने ज्योति विकास बैंक ऋणपत्र २०८७, धौलागिरी लघुवित्त वित्तीय संस्था, हिमालयन हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: आइतबार, पुस ८, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update