Kath khabar
नेप्सेमा १७ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै



                         काठमाडौं, पुस ११ । नेप्से उच्च अंकले घटेको छ । नेप्से १७ दशमलव २३ अंकले घटेर दुई हजार ७० दशमलव ८४ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ चार दशमलव २५ अंकले घटेर तीन सय ८७ दशमलव सात अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको एक लाख १७ हजार चार सय ७६ वटा कम्पनीहरुको एक करोड ४३ लाख ३७ हजार सात सय ३८ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब २४ करोड ८७ लाख ८२ हजार छ सय ११ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा निर्जीवन बीमा र सामूहिक लगानी कोष समुहको बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरुले मध्ये आज नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड, चिर्खा हाइड्रोपावर लिमिटेड, नेपाल वेयर हाउस कम्पनी लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था, हिमालयन हाइड्रोपावर लिमिटेड, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, युनिभर्सल पावर कम्पनी आदि परेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update