Kath khabar
झण्डै दुई अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै



                             काठमाडौं, पुस १२ । नेप्से घटेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से आज बिहीबार पनि एक दशमलव ९३ अंकले घटेर दुई हजार ६८ दशमलव ९० अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि एक दशमलव ६२ अंकले घटेर तीन सय ८५ दशमलव ४४ अंकमा सीमित भएको छ । नेप्सेमा आज तीन सय तीन वटा कम्पनीहरुको एक लाख एक हजार पाँच सय चार पटकको कारोबारमा एक करोड १६ लाख ५८ हजार एक सय १० कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब २९ करोड नौं लाख ३२ हजार दुई सय ९७ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष र अन्य समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, विकास बैंक, फाइनान्स, लघुवित्त र .ट्रेडिङ समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज भिजन लुम्बिनी ऊर्जा विकास कम्पनी, चिर्खा हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने बिपीडब्लु लघुवित्त वित्तीय संस्था, मेन्छियाम हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सूचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update