Kath khabar
नेप्से आठ अंकले घट्यो, कमाउने भन्दा गुमाउने समुह धेरै


                          काठमाडौं, पुस १६ । नेप्से घटेको छ । नेप्से आज सोमबार आठ दशमलव ७५ अंकले घटेर दुई हजार ६० दशमलव १५ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ३७ अंकले घटेर तीन सय ८५ दशमलव शून्य सात अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय छ वटा कम्पनीहरुको एक लाख दुई हजार नौं सय पाँच पटकको कारोबारमा एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कुल कारोबार रकम चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर किनबेच भएकोमा वाणिज्य बैंक, विकास बैंक, लगानी, उत्पादनमूलक ट्रेडिङ सहितका पाँच वटा समुहहरूको सूचक बढेका छन भन् जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, सामूहिक लगानी कोष र अन्य सहितका आठ वटा समुहहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, चिर्खा हाइड्रोपावर लिमिटेड, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने मुलुङ हाइड्रो पावर कम्पनी, सनराइज म्युचुअल फन्ड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने शिवम् सिमेन्ट, हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update