Kath khabar
शेयर बजार राताम्मै


                  काठमाडौं, पुस २२ । नेप्से घटेर रातै देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्से २६ दशमलव ३६ अंकले घटेर दुई हजार २२ दशमलव ९२ अंकमा सिमित हुन पुगेको छ ।

यसैगरी सेन्सिटिभ पनि छ दशमलव १६ अंकले घटेर तीन सय ७३ अंकमा सीमित भएको छ ।  नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको ९८ हजार छ सय ३२ पटकको कारोबारमा एक करोड ५२ लाख ६८ हजार तीन सय ९९ कित्ता शेयर किनबेच भएका छन् । सोही किनबेचका आधारमा आज कुल कारोबार रकम पाँच अर्ब २४ करोड १४ लाख आठ हजार तीन सय ७९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आाज १३ वटा समुहहरुको कारोबार भएकोमा जलविद्युत समुहको सूचक घटेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज तेह्रथुम पावर कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने मानुषी लघुवित्त वित्तीय संस्था, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, सिद्धार्थ लगानी वृद्धि योजना–२ आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, हाथ्वे इन्भेष्टमेन्ट कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update