Kath khabar
एकैदिन ३६ अंकले बढ्यो नेप्से


                        काठमाडौं, पुस २३ । अघिल्लो दिन घटेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार उच्च अंकले बढेको छ ।

नेप्से आज ३६ दशमलव ५७ अंकले बढेर दुई हजार ५९ दशमलव ४९ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि चार दशमलव २७ अंकले बढेर तीन सय ७७ दशमलव २८ अंकमा कायम रहेको छ ।

नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ९९ हजार पाँच सय २४ पटकको कारोबारमा एक करोड ३७ लाख नौं हजार दुई सय ७६ कित्ता शेयर किनबेच भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौं सय छ रुपैयाँ पुग्न सफल भएको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोबार भएकोमा सामूहिक लगानी कोष समुहको सूचक घटेपनि वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ सहितका १२ वटा समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सिंगटी हाइड्रो इनर्जी लिमिटेड, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नारायणी डेभलपमेन्ट बैंक लिमिटेड, बिन्दवासीनी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड, मुलुङ हाइड्रोपावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरूको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदि परेका छन् । 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update