Kath khabar
नेप्से २० अंकले बढ्दा ६ अर्ब ११ करोडको शेयर कारोबार


                        काठमाडौं, पुस २४ । नेप्से दोहोरो अंकले बढेको छ । आज मंगलबार नेप्से २० दशमलव ६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ६४ अंकले बढेर तीन सय ८२ दशमलव ९२ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज तीन सय नौ वटा कम्पनीहरुको एक लाख चार हजार छ सय १९ पटकको कारोबारमा एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज  कुल कारोबार रकम छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएकोमा मध्ये जलविद्युत, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, लघुवित्त, अन्य ट्रेडिङ समुहहरूको सूचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज कर्णाली डेभलपमेन्ट बैंक, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, हिमालयन रि इन्स्योरेन्स लिमिटेड आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा धौलागिरी लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड, हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update