Kath khabar
नेपालको यति एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन कम्पनीभित्र

 

                     काठमाडौं, पुस २५ । यति एयरलाइन्स यात्रुलाई अति जोखिम हुने विश्वका तीन विमान कम्पनीभित्र परेको छ । सन् २०२४ को एउटा आँकडा अनुसार नेपालको यति एयरलाइन्स पनि अति जोखिम हुने विमान कम्पनीमा परेको हो ।

टकरन्यूज डट कोले सोमबार सार्वजनिक गरेको सूचीअनुसार नेपालको यति एयरलाइन्स, इन्डोनेसियाको लायर एयर र पपुवा न्यू गीतिको पिएनजी एयर चढ्न नहुने तीन हवाई कम्पनीमा परेका हुन् । सुरक्षा मापदण्ड अपुग, अदक्ष चालकदलका कर्मचारीहरु हुनु, नियामकको कमजोरीलाई एकदमै कमजोर भएकाले यतिलाई जोखिम कम्पनीको सूचीमा राखिएको हो ।

एयरलाइन्स रेटिङको तथ्यांकलाई आधार मानेर बनाइएको सूचीमा यति एयरलाइन्स पनि परेको समाचारमा उल्लेख छ । सात स्टारमा तीनभन्दा कम ल्याउने एयरलाइन्स यो सूचीमा परेका हुन् । ‘नेपालको समग्र उडान सुरक्षा कार्यसम्पादन औसतभन्दा माथि भए पनि यति एयरलाइन्सले गम्भीर चिन्ता व्यक्त गर्दै धेरै घातक दुर्घटनामा संलग्न भएको छ’ टकरन्यूज डट कोमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update