Kath khabar
नौ अंकले बढ्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै


                  काठमाडौं, पुस २६ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बुधबार पनि बढेको छ । नेप्से आज नौ दशमलव ५० अंकले बढेर दुई हजार ८९ दशमलव ६२ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ तीन दशमलव ४० अंकले बढेर तीन सय ८६ दशमलव ३३ अंकमा कायम रहेको छ ।

नेप्सेमा आज तीन सय एक वटा कम्पनीहरूको ९२ हजार छ सय दुई पटक शेयर किनबेच भएका छन् । सो अनुसार एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएको मध्ये वाणिज्य बैंक, लघुवित्त, उत्पादनमूलक, अन्य ट्रेडिङ समुहको सूचक बढेका छन् भने विकास बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन र लगानी समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, हिमालयन रि इन्स्योरेन्स कम्पनी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने छिमेक लघुवित्त वित्तीय संस्था, इष्टर्न हाइड्रोपावर लिमिटेड, सानिमा इक्विटी फण्ड आदिको शेयर मूल्य घटेका छन् ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update