Kath khabar
नेप्से सूचक तथा कारोबार रकम दुबै घट्यो



                      काठमाडौं, पुस २६ । नेप्से सूचक तथा कारोबार रकम दुबै घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज बिहीबार शून्य दशमलव ६२ अंकले घटेर दुई हजार ८८ दशमलव ९९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि दुई दशमलव १९ अंकले घटेर तीन सय ८४ दशमलव १४ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ७९ हजार तीन सय ८९ पटकको कारोबारमा दुई करोड २१ लाख ३२ हजार सात सय ६८ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम चार अर्ब ३० करोड ७७ लाख ६३ हजार दुई सय ७७ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये जलविद्युत, लघुवित्त, अन्य ट्रेडिङ समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नेपाल एसबिआई बैंक ऋणपत्र २०८९, मन्दाकिनी हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन बैंकको संस्थापक शेयर, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, नेपाल इन्फ्रास्ट्रक्चर बैंक आदि परेका छन् ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update