Kath khabar
एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निष्कासन


                    काठमाडौं, माघ २ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड, कोष प्रवर्द्धक तथा एनआइएमबि एस क्यापिटल लि. योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छैठौं योजना “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निष्कासन २०८० माघ २ गतेबाट सुरु भएको छ ।

यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्डबाट यही मिति २०८० मंसिर २१ गते प्राप्त भएको थियो । यस योजनाको आकार १ अर्ब  र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६ दशमलव १८ प्रतिशत प्रतिफल आफ्ना इकाई धनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरेको छ ।

योजनाको सार्वजनिक निष्कासन मिति २०८०/१०/०२ देखि छिटोमा २०८०/१०/०५ र ढिलोमा २०८०/१०/१६ गते सम्म रहनेछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजार देखि अधिकतम १० करोड रुपैयाँसम्म लगानीका गर्न सकिनेछ । लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगइन गरी अनलाइन आवेदन दिन सकिनेछ । योजनाको विवरण पुस्तिका एनआइएमबी एस क्यापिटल लि को वेबसाइट तथा नेपाल धितोपत्र बोर्डको वेबसाईटमा समेत राखिएको छ ।

“एनआईबिएल म्युचुअल फण्ड” अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत संचालनमा रहेको र “एनआईबिएल समृद्धि फण्ड-१” आफ्नो ७ वर्ष समयावधि पूरा भई परिपक्क भइसकेको र हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड-२ तथा एनआईबिएल ग्रोथ फण्डसमेत संचालनमा रहेको छ । साथै नेपालकै पहिलो खुलामुखी योजना “एनआईबिएल सहभागीता फण्ड” पनि यसै म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको छ ।

“एनआईबिएल स्टेवल फण्ड” का इकाइहरू नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयावधि सम्म इकाइहरू दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update