Kath khabar
शेयर बजारमा हरियाली, ५४ अंकले बढ्दा आठ अर्बको कारोबार


                    काठमाडौं, माघ २ । नेप्सेमा हरियाली छाएको छ । आज मंगलबार नेप्से ५४ दशमलव ५४ अंकले बढेर २१ सय ७५ दशमलव १७ अंकमा पुग्न सफल भएको छ ।

यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि नौं दशमलव २६ अंकले बढेर तीन सय ९७ दशमलव ४३ अंकमा पुग्न सफल भएको छ ।

नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको एक लाख ३३ हजार ६१ पटकको कारोबारमा दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब दुई करोड ३८ लाख ६२ हजार चार सय छ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ  सहितका सबै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो भएको छ ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज बुटवल पावर कम्पनी लिमिटेड, नेपाल वेयर हाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने ज्योति विकास बैंकको ऋणपत्र २०८७, बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी, तेह्रथुम पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, अपि पावर लिमिटेड आदि परेका छन् ।  

 

 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update