Kath khabar
नेप्सेमा २५ अंकले गिरावट, कमाउने भन्दा गुमाउने समुह धेरै


                     काठमाडौं, माघ ७ । नेप्से घटेको छ । आज आइतबार नेप्से २५ दशमलव ६३ अंकले घटेर २१ सय ३० दशमलव १८ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ पनि सात दशमलव ४१ अंकले घटेर तीन सय ८६ दशमलव २० अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको एक लाख ६६ हजार नौं सय ८३ पटकको कारोबारमा दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैंयाँको शेयर किनबेच भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा जलविद्युत र अन्य समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ समुहहरुको सूचक घटेका छन् ।

नेप्सेमा आज अरुण खोला जलविद्युत कम्पनी, समाज लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सिईडिबी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, मुलुङ हाइड्रो पावर कम्पनी लिमिटेड आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, अपी पावर लिमिटेड आदि परेका छन् ।

 

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update