Kath khabar
३१ अंकले घट्यो नेप्से, ट्रेडिङ बाहेक सबै सूचक रातै


                         काठमाडौं, माघ ८ । साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज पुन  ३१ दशमलव ४९ अंकले घटेर दुई हजार ९८ दशमलव ६९ अंकमा सीमित भएको छ ।

यसैगरी सेन्सिटिभ चार दशमलव ८४ प्रतिशतले घटेर तीन सय ८१ दशमलव ३६ अंकमा सीमित भएको छ । नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको एक लाख ५० हजार पाँच सय ४३ पटकको कारोबारमा एक करोड ८० लाख ४३ हजार दुई सय ४४ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल छ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैंयाँको शेयर किनबेच भएको छ ।  

नेप्सेमा आज १३ वटा समुहहरूको कारोबार भएको मध्ये ट्रेडिङ समुहको सूचक बढेको छ भने वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा,  होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष र अन्य समुहको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज अपर स्याङगे हाइड्रोपावर लिमिटेड, मिड सोलु हाईड्रोपावर लिमिटेड, ङादी ग्रुप पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने दोर्दी खोला जलविद्युत कम्पनी, हिमालयन लघुवित्त वित्तीय संस्था, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप पावर लिमिटेड आदि परेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update