Kath khabar
झिनो अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै


                  काठमाडौं, माघ ९ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज मंगलबार भने झिनो अंकले घटेको छ ।

नेप्से आज शून्य दशमलव ४० अंकले घटेर दुई हजार ९८ दशमलव २९ अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ शून्य दशमलव १९ अंकले घटेर तीन सय ८१ दशमलव १७ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको एक लाख १७ हजार पाँच सय ६६ पटकको कारोबारमा एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार हुँदा विकास बैंक, निर्जीवन बीमा, फाइनान्स, होटल तथा पर्यटन, लगानी र अन्य समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष ट्रेडिङ समुहहरूको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज चन्द्रागिरी हिल्स लिमिटेड, नबिल ब्यालेन्स फण्ड २, माउन्टेन हाइड्रो नेपाल लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने मीड सोलु हाइड्रोपावर लिमिटेड, अपर स्याङ्गे हाइड्रोपावर लिमिटेड, मीड सोलु हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, अपि पावर लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १५:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update