Kath khabar
नेप्सेमा १० अंकले गिरावट



                   काठमाडौं, माघ १० । नेप्से घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज बुधबार पुन १० दशमलव २५ अंकले घटेर दुई हजार ८८ दशमलव शून्य चार अंकमा सिमित भएको छ ।

यसैगरी सेन्सिटिभ पनि शून्य दशमलव ७३ अंकले घटेर तीन सय ८० दशमलव ४३ अंकमा सीमित भएको छ । नेप्सेमा आज तीन सय ११ वटा कम्पनीहरुको ९० हजार दुई सय १० पटकको कारोबारमा एक करोड १० लाख ४९ हजार नौं सय ४९ कित्ता शेयर किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ८९ करोड ७० लाख २२ हजार पाँच सय ९८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको शेयर कारोबार हुँदा वाणिज्य बैंक र सामूहिक लगानी कोष समुहको सूचक बढेको भएपनि विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरूको सूचक पनि घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरू मध्ये आज चन्द्रागिरी हिल्स लिमिटेड, मीड सोलु हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने तेह्रथुम पावर कम्पनी, अपर स्याङगे हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी हिमालयन रि इन्स्योरेन्स कम्पनी, अरुण कावेली पावर लिमिटेड आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update