Kath khabar
पर्सुट इन्टरनेशनल एजुकेसनको शाखा अब काठमाडौंमा पनि

                   

                    काठमाडौं, माघ १० । पर्सुट इन्टरनेशनल एजुकेसनले बुधबार काठमाडौंको बागबजारमा आफ्नो पाँचौ शाखा खोलेको छ। जिल्ला गभर्नर, जिल्ला ३२५ एच, नेपालका लायन शम्भुबहादुर थापाले कार्यालयको उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा सशस्त्र एसपी मेखराज जोशी, कोल्हबी २ का वडा अध्यक्ष श्री गोपाल प्रसाद अधिकारी र समाजसेवी दिपेन्द्र उप्रेती, व्यवसायी हरि रेग्मी, हरिश्चन्द्र कुवर लगायत अन्य व्यक्तित्वको उपस्थिति रहेको थियो ।

संस्थाले विद्यार्थीहरुलाई विश्वसनिय तथा गुणस्तरीय वैदेशिक अध्ययन सम्बन्धी शैक्षिक परामर्श दिनुका साथै वैदेशिक विश्वविद्यालयहरुमा भर्ना तथा भिसा आवेदन प्रक्रियामा पनि सहयोग गर्दै आएको संस्थाका संस्थापक विजय थापा र सुयोग पौडेलले जानकारी दिनुभयो ।

पोखरा चिप्लेढुङ्गामा मूख्य कार्यालय रहेको पर्सुटले हाल अष्ट्रेलिया, पोखराको तालचोक तथा दाङबाट सेवा प्रदान गर्दै आएको छ । पर्सुटलले आएल्स, पिटिइ कक्षासमेत सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update