Kath khabar
झण्डै चार अंकले घट्यो नेप्से, कमाउने भन्दा गुमाउने समुह धेरै


                   काठमाडौं, माघ ११ । नेप्से घटेको छ । साताको अन्तिम कारोबार दिन आज बिहीबार नेप्से तीन दशमलव ९४ अंकले घटेर दुई हजार ८४ दशमलव शून्य नौं अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ शून्य दशमलव ९५ प्रतिशतले घटेर तीन सय ७९ दशमलव ४६ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय चार वटा कम्पनीहरुको ९१ हजार तीन सय ६४ पटकको कारोबारमा एक करोड १६ लाख ८९ हजार नौं सय ५५ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम तीन अर्ब ७६ करोड ४५ लाख पाँच हजार चार सय ५० रुपैंंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, सामूहिक लगानी कोष ट्रेडिङ समुहको सूचक बढेका छन् भने जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र अन्य समुहको घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज सामलिङ पावर कम्पनी, मीड सोलु हाइड्रोपावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने सिटिजन्स म्युचुअल फण्ड २, महुली लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।

हिमालयन रि इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर आदिको भने आज बढी रकम कारोबार भएका छन् ।

 

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update