Kath khabar
प्रणामी सिंगिङ् आइकनको धार्मिक सांगीतिक एल्बम विमोचन


                 काठमाडौं, माघ १२ । नेपाली टेलिभिजन इतिहासकै पहिलो धार्मिक सिंगिङ रियालिटि सो प्रणामी सिंगिङ आइकनका फाईनलिस्टहरुको भजन तथा श्रीमुख वाणीको धार्मिक सांगीतिक एल्बम विमोचन भएको छ ।

माघ ६ गते राष्ट्रिय नाँचघर काठमाडौंमा श्रीकृष्ण प्रणामी समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको विशेष कार्यक्रममा उक्त एल्बमको विमोचन श्रीकृष्ण प्रणामी मन्दिर, नवतनधामका गादिपति बाबाजी श्री १०८ अमृतराज महाराज जीको हातबाट भएको थियो ।

प्रणामी सिंगिङआइकन, भाग–१ नामक एल्बममा प्रणामी सिँंगिङ् आइकनका फाईनलिस्ट सिम्रन गुरुङ, अर्पण सापकोटा, अर्चना शर्मा, उत्तम के.सि. र गुञ्जन दाहाल साथै प्रणामी सिंगिङआइकनका निर्णायक शारदा अधिकारी र सविता सापकोटाको स्वर रहेको छ । प्रणामी सिंगिङआइकन, भाग–२ सिम्रन गुरुङ नामक एल्वममा प्रणामी सिंगिङआइकनकी विजेता सिम्रन गुरुङको एकल स्वर रहेको छ । दुई वटै एल्बममा संगीत संयोजन नवीन कुमार तिमल्सिनाको रहेको छ ।

उक्त विशेष कार्यक्रममा प्रणामी अनलाइन क्विज सिजन १ को पनि निकै रोचक ढंङ्गबाट फाइनल कार्यक्रम गरिएको थियो । कार्यक्रममा झापाका प्रान्जल घिमिरे प्रथम, ललितपुरका वीर देव सिंह दोस्रो र ललितपुरबाटै प्रमोद थापा तेस्रो भएका थिए ।

श्रीकृष्ण प्रणामी समाजको एकै साथ दुईवटा धार्मिक सांगीतिक एल्बम विमोचन र प्रणामी समाजको एक पृथक कार्यक्रम प्रणामी अनलाइन क्विजको पहिलो सिजनको समापन भएको यो गौरव र खुसीको क्षण भएकोले सहयोगी प्रत्येक व्यक्ति, संघ संस्थालाई कार्यक्रम व्यवस्थापन प्रमुख भोला दाहाल एवं कार्यक्रम प्रमुख नवीन कुमार तिमल्सिनाले विशेष धन्यवाद एवम् आभार प्रकट गरेका थिए ।

प्रणामी अनलाइन क्विजको पब्लिक म्यानेजमेन्ट सुमित बजगाईँले गरेका थिए । प्रणामी समाजमा रहेका प्रतिभाहरूलाई एक्सपोज गर्ने उद्देश्यले कार्यक्रम गरिएको क्विजको पब्लिक म्यानेजमेन्ट सुमित बजगाँईले जनाए ।

 

प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update