Kath khabar
झण्डै छ अंकले घट्यो नेप्से


                  काठमाडौं, माघ २१ । नेप्से घटेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से पाँच दशमलव ३१ अंकले घटेर दुई हजार ६१ दशमलव ७० अंकमा सीमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ६० अंकले घटेर तीन सय ७३ दशमलव ३२ अंकमा सीमित भएको छ ।

नेप्सेमा आज तीन सय सात वटा कम्पनीहरुको ७० हजार सात सय ९० पटकको कारोबारमा ९२ लाख ७२ हजार सात सय ८२ कित्ता शेयर खरिद बिक्री भएका छन् । सो अनुसार कुल कारोबार रकम तीन अर्ब २१ करोड ६७  लाख २७ हजार दुई सय २१ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा विकास बैंक, निर्जीवन बीमा, फाइनान्स र लगानी समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य ट्रेडिङ समुहहहरुको सूचक घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज युनिक नेपाल लघुवित्त वित्तीय संस्था, ज्योति विकास बैंकको ऋणपत्र आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरुको सुचीमा महिला लघुवित्त वित्तीय संस्था, रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेड आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, एसियन लाइफ इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

 

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update