Kath khabar
नेप्सेमा १४ अंकले वृद्धि, नौ वटा समुहले कमाउँदा चार वटा समुहले गुमाए


                   काठमाडौं, माघ २२ । नेप्से बढेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ अंकमा चढेको छ । यसैगरी सेन्सिटिभ पनि पाँच दशमलव ९५ अंकले बढेर तीन सय ७९ दशमलव २८ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय १० वटा कम्पनीहरुको ५६ हजार सात सय ७५ पटकको कारोबारमा ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये निर्जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमूलक र सामूहिक लगानी कोष समुहको सूचक घटेका छन् भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, विकास बैंक, फाइनान्स, लगानी, लघुवित्त अन्य ट्रेडिङ समुहहरुको सुचक बढेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, समाज लघुवित्त वित्तीय संंस्था, ज्योति विकास बैंकको ऋणपत्र आदिको शेयर मुल्य बढेका छन् भने स्वाभिमान लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनी, भगवती हाइड्रो डेभलपमेन्ट कम्पनी आदिको शेयर मूल्य घटेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, ङादी ग्रुप पावर लिमिटेड आदि परेका छन् ।

 

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update