Kath khabar
नेप्सेमा नौं अंकले सुधार, ११ वटा समुहले कमाउँदा दुई वटा समुहले गुमाए



                       काठमाडौं, माघ २३ । नेप्से आज मंगलबार पनि बढेको छ । नेप्से आज नौं दशमलव ४४ अंकले बढेर दुई हजार ८५ दशमलव ७१ अंकमा कायम रहेको छ ।

सेन्सिटिभ इन्डेक्स भने एक दशमलव ४५ अंकले घटेर तीन सय ७७ दशमलव ८३ अंकमा कायम रहेको छ । तीन सय १५ वटा कम्पनीहरुको ६६ हजार पाँच सय ५९ पटकको कारोबारमा ७६ लाख २४ हजार तीन सय ७६ कित्ता शेयर किनबेच भएकाछन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार नौं सय सात रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा अन्य ट्रेडिङ समुहहरूको सूचक घटेको छ भने वाणिज्य बैंक, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमूलक, लघुवित्त र सामूहिक लगानी कोष समुहको सूचक पनि बढेका छन् ।  

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज समाज लघुवित्त वित्तीय संस्था, गुराँस लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने सामलिङ पावर कम्पनी, नेपाल टेलिकम आदिको शेयर मूल्य घटेका छन् । हिमालयन रि इन्स्योरेन्स कम्पनी, माउन्टेन इनर्जी नेपाल लिमिटेड आदिको भने बढी रकम कारोबार भएका छ ।

 

 

प्रकाशित मिति: मंगलबार, माघ २३, २०८०  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update