Kath khabar
नेप्सेमा झण्डै पाँच अंंकले वृद्धि


                         काठमाडौं, माघ २४ । नेप्से पुन बढेको छ । अघिल्लो दिन झण्डै १० अंंकले बढेको नेप्से आज बुधबार चार दशमलव ९२ अंकले बढेर दुई हजार ९० दशमलव ६४ अंंकमा चढेको छ । सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव १२ अंकले बढेर तीन सय ७७ दशमलव ९५ अंकमा चढेको छ ।

नेप्सेमा आज तीन सय १३ वटा कम्पनीहरुको ६५ हजार चार सय ६३ पटकको कारोबारमा ७७ लाख ३२ हजार दुई सय ३४ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम दुई अर्ब ८४ करोड २५ लाख ५० हजार दुई सय ३७ रुपैंयाँ पुगेको छ । 

नेप्सेमा आज १३ वटा समुहहरूको शेयर कारोबार भएकोमा वाणिज्य बैंक, विकास बैंक, जलविद्युत जीवन बीमा, होटल तथा पर्यटन, लगानी र सामूहिक लगानी कोष समुहको सूचक पनि बढेका छन् । फाइनान्स, निर्जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहको सूचक भने आज घटेका छन् ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये आज गुराँस लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त वित्तीय संस्था आदि परेका छन् भने बढी गुमाउने कम्पनीहरूको सुचीमा एनसीसी बैंकको ऋणपत्र, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी आदि परेका छन् ।

यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने हिमालयन रि इन्स्योरेन्स कम्पनी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी परेका छन् ।
 

 

 

प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update