Kath khabar
त्रिवि क्रिकेट मैदानमा दर्शकले सन्दीप लामिछानेको पक्षमा लगाए नारा, दुईजना प्रहरीको नियन्त्रणमा

 

                 काठमाडौं, माघ २५ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको पक्षमा दर्शकले नारा लगाएका छन् ।

प्रहरीले सन्दीपको पक्षमा नारा लगाउने दुईजनालाई नियन्त्रणमा लिएर उनीहरुलाई मैदानबाट निकालेको छ। ‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ 'सन्दिपलाई न्याय दे' भन्दै नारा लगाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले दर्शकले बोकेका ब्यानर समेत खोसेको छ ।

 

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update