Kath khabar
एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो जित

 

                   काठमाडौं, माघ २८ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गर्न सफल भएको छ । आइतबार बिहान भएको खेलमा नेपाले भुटानलाई ८ विकेटले पराजित गर्दै जित निकालेको हो ।

जितका लागि भुटानले दिएको ६६ रनको सामान्य लक्ष्य नेपालले ११ ओभर ५ बलमा २ विकेट गुमाएर भेट्टायो । यसअघि पहिलो खेलमा नेपालले हङकङलाई आठ विकेटको फराकिलो अन्तरले हराएको थियो ।

नेपाली टोलीको जितमा ओपनर सीता रानामगरले ३७ बलमा एक छक्का र दुई चौका प्रहार गर्दै ३२ रनको योगदान गरिन् । रुविना क्षेत्रीले २४ बलमा १-१ चौका र छक्कासहित नटआउट १७ रनको योगदान दिइन् ।

नेपाल चार अंकसहित तालिकाको पहिलो स्थानमा छ । लगातार दुई जितसँगै नेपालले क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ । अब नेपालले मंगलबार माल्दिभ्सको सामना गर्नेछ । उक्त खेल जितेमा नेपाल समूह विजेता बन्नेछ ।

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update