Kath khabar
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने

 

                    काठमाडौं, फागुन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताइएको छ। ट्याक्सी-वे लाई धावनमार्ग रनवे सम्म जोड्ने कामका लागि विमानस्थल चारदेखि पाँचदिन बन्द हुन सक्ने बताईएको हो ।

धावनमार्गको उत्तरतर्फ एप्रोन (पार्किङ), ह्यांगर (मर्मत केन्द्र) का साथै समानान्तर ट्याक्सी-वे (विमान गुड्ने बाटो) बनिरहेको छ । त्यस्तै दक्षिणतर्फ पनि ट्याक्सी-वे निर्माणको काम भइरहेको नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका ४० वटा वायुसेवाका प्रतिनिधिसँगको छलफलमा निर्माणका क्रममा मुलुककै पहिलो अन्तर्राष्ट्रिय हवाई अड्डालाई ४/५ दिन पूर्ण रुपमा वा आंशिक बन्द गर्नुपर्ने सम्भावना रहेकाले त्यसअनुसार आफ्ना उडानहरूलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।

यसपछि काठमाडौंविमानस्थलको निर्माण क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले तोकेको मापदण्डअनुसार संसारभरका उड्डयनकर्मीहरूको जानकारीका लागि एरोनटिकल इन्फरमेसन पब्लिकेसन (एआईपी) मा नक्सा प्रकाशन गर्नुपर्छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update