Kath khabar
नेपालले टस  हारेर ब्याटिङ गर्दै,  टोलीमा दुई परिवर्तन

 

                  काठमाडौं, फागुन १३ । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध टस हारेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

आज नेपाली टोलीमा दुई खेलाडी परिवर्तन भएका छन् । देव खनाल र सोमपाल कामीलाई बेन्चमा राखिएको छ भने उनीहरुको स्थानमा गुलसन झा र आरिफ शेखलाई समेटिएको छ । अघिल्लो खेल खेलेका सोमपाल कामी र देव खनाल आज बेन्चमा बसेका हुन् ।

नेपालको प्लेइङ ११ मा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, अनिलकुमार साह, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी र ललित राजवंशी छन् । बेन्चमा भने देव खनाल, पवन सर्राफ, सोमपाल कामी र सूर्य तामाङ छन् ।
 

 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update